भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ मा बिहीबार भएको घटनाको विषयलाई लिएर कांग्रेसल मत गणना गर्न नदिने अडान लिएको छ ।
बिहीबारको घटना एमाले र प्रहरी मिलेर गराएको भन्दै त्यस विषयमा माफी नमागेसम्म र घाइतेको उपचारको व्यवस्था नभएसम्म नेपाली कांग्रेसले मतगणना गर्न नदिने अडान लिएको छ।
कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले घटनाप्रति एमाले र प्रहरीले माफी माग्नुपर्ने र घाइतेको उपचारको व्यवस्था भएपछि मात्र मतगणना गर्न दिने बताएका छन्। निर्वाचन अधिकृत उत्तम सिलवालले मतगणना गर्ने विषयमा छलफल भइरहेको बताए।
भक्तपुर क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित गणेश आधारभूत विद्यालय मतदान केन्द्रमा एकअर्काले बुथ क्याप्चर गर्न खोजेको भन्दै विवाद भएपछि दुई पक्षबीच ढुंगा हानाहान भएको थियो ।




