भक्तपुरमा नेमकिपाको विजयी जुलुस, अन्य ३ नगरमा मतगणना जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भक्तपुरमा नेमकिपाको विजयी जुलुस, अन्य ३ नगरमा मतगणना जारी

भक्तपुर ६ जेठ ।
हिजो राती मात्रै मतगणना सकिएको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अहिले विजयी जुलुस सुरु गरेको छ । भक्तपुरमा नेमकिपाले मेयर, उपमेयरसहित सबै वडामा प्यानल नै जितेको छ

भक्तपुरमा नेमकिपाको विजयी जुलुस

भक्तपुर ६ जेठ ।

हिजो राती मात्रै मतगणना सकिएको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अहिले विजयी जुलुस सुरु गरेको छ । भक्तपुरमा नेमकिपाले मेयर, उपमेयरसहित सबै वडामा प्यानल नै जितेको छ । हाल सम्म नेपालमा भएको मत गणनाको परिणामलाई नियाल्दा फराकिलो मत अन्तर सहित भक्तपुरमा नेमकिपाको बिजयी हासिल गरेको हो । नेपाल मजदुर किसान पार्टीको केन्द्रि कार्यालयबाट सुरु भएको बिजय जुलुुश नगर परिक्रमा गरि पार्टी कार्यालयमा गएर सकिने नेमकिपाको कार्यालयले जानकारी दिएको । बिजय जुलुश सहभागि हुनु अघि नेमकिपाका तर्फबाट मेयर बनेको सुनिल प्रजापतिले २० बर्ष पछि भएको स्थानीयह तहको निर्वाचनमा आफूहरुलाई मतदाताले दिएको मतको कदर गर्दै नेपाल मजदुर किसान पार्टी चुनावका समय मतदाता माझ लगेको घोषणा पत्र अनुरुपमै काम गर्ने जानकारी दिए । त्यस्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमेयर बिजेता रजनी जोशीले मत माग्दा गरेका वाचा पुरा गर्ने जिम्मेवारी बहन गर्ने र भक्तपुर नगरका समृद्धिका लागि लागने पर्ने जानकारी दिइन् ।

 

उनले भनिन् आफू शिक्षाकी भएका नाताले सबै भन्दा पहिला आफ्नो नगरका महिलाहरुको शिक्षाको बिकासमा अग्रसर रहने बताईन् । जिल्लाका अन्य नगरमा भने मतगणना चलिरहेको छ । प्राप्त जानकारी अनुसार सूर्यविनायक नगरपालिकामा एमालेले अग्रता लिएको छ । यहाँका १० वटा वडामध्ये ५ वटामा एमालेले जीत हासिल गरेको छ । यस्तै नेपाली काँग्रेसले ३ वटा वडामा जितेको छ । अहिलेसम्म सूर्यविनायकका ८ वटा वडाको मतगणना भैसकेको छ । अब २ वटा वडाको मतगणना बाँकी रहेको छ । अहिलेसम्मको मतपरिणामलाई हेर्दा मेयरमा समेत एमालेले अग्रता लिएको छ भने उपमेयरमा शुरुवातदेखि नै एमालेको अग्रता कायम रहेको छ ।

 

यस्तै मध्यपुरथिमीमा शुरुवातीमा नेपाली काँग्रेसले लिड गरेको भएपनि अहिले नेकपा एमालेका मदनकृष्ण श्रेष्ठले मेयरमा अग्रता लिएका छन् । यस नपामा ५ वटा वडाको मतगणाना सकिएको छ भने अहिले ६ नंम्बर वडाको मतगणना चलिरहेको छ । मध्यपुरमा १, २, ३, ४ वडामा नेपाली काँग्रेस र ५ वडामा एमालेले जीतेको छ । यस्तै चागँुनारायणमा पनि एमालेले मेयरमा अग्रता लिएको छ । यहाँ ४ वटा वडाको मतगणनाा सकिएको छ । यहाँ १, २ नेपालीकाँग्रे र ३, ४ एमालेले जीत हासिल गरेको छ । यी वडामा सदस्य पदमा भने मिश्रित परिणाम आएको छ । यहाँका सबै नगरपालिकाका वडामा जितेका पार्टीहरुले आफ्नो वडामा विजयी जुलुस गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);