नेमकिपाको आठौँ महाधिवेशन आजदेखि शुरू | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

नेमकिपाको आठौँ महाधिवेशन आजदेखि शुरू

२०८१,११,१६

नेपाल मजदुर किसान पार्टी नेमकिपाको आठौँ महाधिवेशन आजदेखि शुरू हुँदैछ । महाधिवेशनको दिउँसो १ बजे भक्तपुरमा उद्घाटन गर्ने कार्यक्रम छ ।
नेमकिपाको आठौँ महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा केन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने केन्द्रीय सदस्य सरोजराज गोसाईँले बताउनुभएको छ । महाधिवेशनमा काठमाण्डौ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने छ ।

अध्यक्ष नारायणमान विजुक्छेँ ‘रोहित’को नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो । पार्टीको सातौँ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष बिजुक्छेँ नै सर्वसम्मत अध्यक्ष चुनिँदै आउनुभएको छ । महाधिवेशन यही फागनु १९ गते सकिनेछ ।

Leave a Reply