भक्तपुरमा नेमकिपाको विजय र्या‍ली आज दिनभरि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भक्तपुरमा नेमकिपाको विजय र्या‍ली आज दिनभरि

भक्तपुर। भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले मतदाताहरूलाई धन्यवाद दिन र विजय उत्सव मनाउन आज दिनभर र्‍याली चलाउन भएकाे छ । पार्टी केन्द्रीय कार्यालय गोल्मढी भक्तपुरबाट शनिबार दिउँंसो साढे ११ बजेबाट जुलुश  निु्केकाे छ। जुलुशले भक्तपुर नगर परिक्रमा गर्ने जनाइएको छ। गोल्मढीबाट सुरू भएकाे जुलुश सुकुलढोका, टौमढी, गहिटी, नासमना, सिद्धपोखरी हुँंदै दरवार स्क्वायरमा पुग्नेछ। त्यहाँंबाट पुनः चोछें, भुलाछें, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, सूर्यमढी, दतात्रय हुँंदै पुनः पार्टी केन्द्रीय कार्यालय गोल्मढीमा पुने कार्यक्रम छ। नगर परिक्रमा गर्न दिनभर लाग्ने जनाइएकाे छ। पार्टीको धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबारदेखि सुरु भएको हाे। यो कार्यक्रम चार दिनसम्म चल्नेछ। पहिलो दिन भक्तपुर क्षेत्र नम्बर १ चाँंगुनगर नगरपालिकाको ताथली र सुडालमा धन्यवाद ज्ञापन गरिएको थियो । शनिबार भक्तपुर नगरभरि गर्ने कार्यक्रम तय गरिएको छ। भोलि आइतबार र पर्सी फेरि चाँंगुनारायण नगरपालिका क्षेत्रमा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको छ।

भक्तपुर १ मा पार्टीका प्रेम सुवाल ४२ हजार सात सय ६० मतका साथ विजयी भएका थिए । यहाँं एमालेका नवराज गेलालले ११ हजार नौ सय ५८, हलोले नौै हजार तीन सय तीन र सतारुढ कांग्रेससहितको सतागठबन्धनकोतर्फबाट माओवादीका सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत पाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);