निर्वाचन परिणाम : मतदाताकाे रोजाइ युवा उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निर्वाचन परिणाम : मतदाताकाे रोजाइ युवा उम्मेदवार

सिन्धुपाल्चोक। यसपटकको निर्वाचनले मतदाता परिवर्तनको पक्षमा छन् भन्ने संकेत गरेको छ । सिन्धुपाल्चोकका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अधिकांस युवा र महिलालाई  आफ्नो प्रतिनिधि रोजका छन् । जनताको राजनीतिप्रतिको वितृष्णालाई बुझेर युवालाई अघि सारेका दलले चुनाव जिते भने अघिल्लो पटक पनि जित हासिल गरेर फेरि मैदानमा आएकाहरू पराजित हुनुपर्याे । यो निर्वाचनमा युवा र विकासप्रेमी व्यतिक्त जनताको रोजाइमा परेको देखियो । निर्वाचनमा पार्टीहरूले राम्रा उम्मेदवार नदिए जनताले विकल्प खोज्छन् भन्ने सन्देश दिएर होला दलहरूले विकासप्रति सचेत उम्मेदवार नै चुन्न थालेका छन् ।  २९ वर्षका कृष्णकुमार तामाङ (समिर) सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ ‘ख’प्रदेशसभा सदस्यमा निर्वाचित भए । सोहि क्षेत्रको प्रदेश ‘क’ मा ३९ वर्षका युवराज दुलाल (सरद) यो पटक मतदाताको रोजाइमा परेका छन् । यस्तै, ४० वर्षका माधव सापकोटा (सुबोध) जिल्लाको प्रतिनिधिसभा १ मा जनताको रोजाइमा परे । सो क्षेत्रको प्रदेश ‘ख’मा उनकै जनयुद्धका सहकर्मी  ४१ वर्षका सरल सहयात्री(पौडेल) र प्रदेश ‘क’  बाट कांग्रेसकी महिला नेतृ मसिना खड्का (भण्डारी)विजयी भए । मतदाताको रोजाइमा परेका युवा उम्ममेदवार चुनाव जितेपछि खुशी मात्रै छैनन्, जिम्मेवारी र चुनौती थपिएको बताउँछन् ।  सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ मा मोहनबहादुर बस्नेतले यसअघि पटक पटक यहि क्षेत्रबाट चुनाव जित्दै आएका एमालेका शेरबहादुर तामाङलाई ११ हजार आठ सय ७४ मतले पछि पारे । पटकपटक चुनाव जितेर सभामुख समेत बनिसकेका अग्नीप्रसाद सापकोटाले आफ्नो पक्षमा माहोल सकारात्मक नदेखेपछि मैदान युवाका लागि खुल्ला गरेका थिए । यता एमालेभित्र नयाँ अनुहारलाई मैदान खाली गर्न निरन्तर दबाब परे पनि केन्द्रको पहुँचमा टिकट ल्याएका शेरबहादुर तामाङले सोचेजस्तो मत पाउन सकेनन् । मन्त्री हुँदा विकास निर्माणमा कम्जाेर देखिएकाले विगतको भूमिकालाई समीक्षा भन्दा पनि गठबन्धनकै मतलाई तामाङको कारण बनाइरहेको देखिन्छ ।   मतदाताले नयाँ अनुहार खोज्दा पटक पटक निर्वाचित नेता पराजित हुन पुगे । पुराना सांसदले अप्ठ्यारो निरास बनाएको सिन्धुपाल्चोकका नागरिक बताउँछन् । अहिलेको मत परिणामले प्रभावकारी कार्यसम्पादन गर्न नसकेका जनप्रतिनिधिलाई जनताले स्वीकार्दैनन् भन्ने देखाएको विश्लेषकहरू बताउँछन् । समृद्धिको कुरा गरिरहे पनि अबको युवा नेतृत्वबाट त्यसको परिणाम आउने विश्वास रहेको जिल्लाका युवा मतदाता सागर परियारले बताए । युवा नेतृत्वबाट मतदाताले पनि सकारात्मक परिवर्तनको अपेक्षा गरेका छन् ।

यसपालिको चुनावमा सिन्धुपाल्चोकमा ५६ प्रतिशत मात्रै मत खस्यो । तर, निर्वाचित जनप्रतिधिनिबाट यसअघिका सांसदले भन्दा प्रभावकारी काम हुने अपेक्षा मतदातामा छ । जनताले एजेन्डा र समस्या उठाउने पूरा गर्ने खालका उम्मेदवार रुचाएका छन् । राज्यको सेवा सुविधालाई आफूसम्म पुर्‍याउन सक्ने, रोजगारी सृजना गर्ने र अत्यावश्यक विकासका पूर्वाधारलाई नेतृत्व गरेर ल्याउन सक्ने उम्मेदवार भन्दै सिन्धुपाल्चोकमा मतदाताको रोजाइमा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);