जाजरकाेटमा पुरानै उम्मेदवार, उस्तै एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

जाजरकाेटमा पुरानै उम्मेदवार, उस्तै एजेण्डा

सुर्खेत। आशन्न ४ मंसिरमा हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवारदेखि एजेण्डामा समेत नयाँ पनि देखिएकाे छैन । पुरानै नेता र एजेण्डा लिएर दल र उम्मेदवार मतदाताकाे घर आँगन पुगिरहेका छन् । सत्तारुढ दलका उम्मेदवारले आफूले आधा काम गरेकाले बाँकी कामहरु पुरा गर्न एक पटक फेरि जिताउनु पर्ने बताइरहेका छन् । प्रमुख प्रतिपक्ष एमालेका उम्मेदवारहरूले केपी ओलीलाई प्रधानमन्त्री बनाएपछि जिल्लामा विकास हुने आश्वासन बाडिरहेका छन् । जाजरकोटमा  नेकपा हुँदा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको एमालेसँग गरेका कामहरू देखाउने एजेण्डा नहुँदा सत्तारुढ दलका उम्मेदवार रहेका व्यक्तिले समेटेको मुद्दामा ढिला भयो भन्दै हामी भए छिटो गर्ने थियौँ भन्दै भाेट मागिरहेका छन् । पछिल्लाे तीन पटककाे निर्वाचनमा प्रतिनिधिसभातर्फ माओवादीका शक्ति बस्नेतले जित्दै आएका छन् ।   सुरुमा चुनावमा भाग लिदा टेलिफोन, खानेपानी, विद्युत र सडकको विषयलाई मुख्य एजेण्डा बनाएका माओवादी उम्मेदवार तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले अहिले सडक कालाेपत्रे, इन्टरनेट र पर्यटनदेखि ठूला जलविद्युत आयोजना निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् ।

प्रमुख प्रतिपक्ष एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार निरज आचार्यले भने पटक पटक अरूलाई नै भाेट दिएकाे तर खासै परिवर्तन नभएकाे अब एक पटक एमालेलाई भोट दिन आग्रह गरिरहेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);