माओवादी केन्द्रबाट बने टासी शेर्पा प्रतिनिधि सभाको उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौ, २० असोज ।  युवा व्यवसायी टासी शेर्पाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

शेर्पालाई नेकपा माओवादी केन्द्र जिल्ला समिति संखुवासभाले आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चर्चित पर्यटन व्यवसायी समेत रहेका माओवादी केन्द्रका युवा नेता शेर्पाले एउटा मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभावाट पार्टीले आफुलाई प्रतिनिधि सभाका लागि सर्वसम्मत उम्मेदवार सिफारीस गरेको बताए ।

उम्मेदवार सिफारीस भएपछि शेर्पाले सामाजिक संजाल फेसबुकमा पार्टीलाई धन्यबाद दिदै अबको फैसला संखुवासभावासीको हातमा रहेको बताए।

संखुवासभाको विकास निमार्णमा निकै सक्रिय शेर्पाले संखुवासभावासीका साना समस्यामा समेत चासो दिने गर्छन् । संखुवासभालाई उर्जा र पर्यटनको हव बनाउने योजनामा रहेका शेर्पा भन्छन, युवा नेतृत्व अहिलेको आवश्यकता हो ।

शेर्पाले सगरमाथासहित विश्वका अग्ला हिमालको आरोह समेत गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);