एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा काँग्रेसलाई ‘बुढो रुख’ को संज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

काठमाडौ, २० असोज ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई ‘बुढो रुख’ को संज्ञा दिनु भएको छ ।

अध्यक्ष ओलीले काँग्रेस कामै नलाग्ने भएकाले त्यस पार्टीका इमान्दार नेता, कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरिरहेको दावी समेत गरे । डिआईजी नवराज सिलवाल, काँग्रेससहित विभिन्न दलका नेताहरुलाई शुक्रबार काठमाडौंमा पार्टीमा प्रवेश गराउँदै उनले पार्टीको सम्पूर्ण शक्ति राष्ट्र निर्माणमा लगाउने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष ओलीले देश, जनता र समग्र मानव जातिको सेवामा पार्टी लागि पर्ने पनि बताए । उनले मुलुकको समृद्धिनै पार्टीको अभिष्ट भएको दावी पनि गरे ।

अध्यक्ष ओलीले नवराज सिलवाललाई आइजीपी बन्न नदिइएको भन्दै सत्तारुढ काँग्रेसप्रति आक्रोश पनि व्यक्त गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);