पार्टी सुदृढीकरणका लागि राष्ट्रिय कार्यकर्ता भेला : नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पार्टी सुदृढीकरणका लागि राष्ट्रिय कार्यकर्ता भेला : नेपाल

काठमाडौं, ३ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहले पार्टीलाई सुदृढ, एकतावद्ध, क्रियाशील र विधान सम्मत अघि बढाउन राष्ट्रिय कार्यकर्ता भेला आव्हान गरिएको स्पष्ट पारेको छ ।

पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा गरेको बैठकलाई गुटको बैठकको संज्ञा दिदै नेपाल समूहले सो बैठकले असहजता, बेमेल र अविश्वास श्रृजना गरि पार्टी विभाजत तर्फ धेकेलेकाले पार्टी सुदृढीकरणका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको जनाएको छ ।

भोली चैत ४ र ५ गते संघीय राजधानी काठमाण्डौ हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन मंगलबार केन्द्रीय प्रचार विभागले ललितपुरमा पत्रकार सम्मेलन गरि भेलाको औचित्य बारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नेता विष्णु रिजालले राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटी, निकाय, विभाग,संघ तथा प्रदेशका सांसदहरु, जिल्ला, सम्पर्क र मञ्चका सदस्य लगायत जनसंगठन तथा पेशागत संगठनका २ हजार बढी अगुवा कार्यकर्ताहरुको सहभागीता रहने जानकारी दिए ।

एकपक्षीलय भेलाले पार्टीलाई सुदृढीकरण भन्दा विभाजन तिर लैजादैन र भन्ने संचारकर्मीको जिज्ञासामा नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजनतिर लगेकाले एकताका लागि छलफल गर्न भेला गरिएको दाबी गरे । उनले पार्टीमा विभाजनको आरम्भ अध्यक्ष ओलीले गरेको आरोप लगाए ।

नेता पाण्डेले बैधानिक व्यवस्था अनुसार नै भेला आयोजना गरिएको पनि दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);