पार्टीको आधिकारिक उम्मेद्वार बादललाई जिताउँछौँ : दिपक निरौला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पार्टीको आधिकारिक उम्मेद्वार बादललाई जिताउँछौँ : दिपक निरौला

rambahadur thapa

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले नेता शंकर पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राखे । जसमा लेखिएको छ, ‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छाँै, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन, मनन् गरौँ ।’

राष्ट्रिय सभाको जेठ ६ गते हुने उपनिर्वाचनको लागि नेकपा एमालेकै दुईजना नेता चुनावी मैदानमा छन् । बागमतीमा एमालेको सूर्य ध्वजा वाहक चुनाव चिन्ह लिएर रामबहादुर थापा बादल चुनावी मैदानमा छन् । एमालेकै खिमलाल देवकोटालाई माओवादी, कांग्रेस र एमालेको नेपाल पक्षले स्वतन्त्र उम्मेद्वार बनाएका छन् । आफ्नो भोट संरक्षणका लागि नेपाल मजदुर किसान पार्टीले पनि कृष्णबहादुर तामाङलाई उम्मेद्वार बनाएको छ ।

खिमलाल देवकोटालाई उम्मेद्वार बनाएसँगै कांग्रेस र माओवादीले आफ्नो उम्मेद्वार गुमाएका छन् । ती पार्टीका मतदाताले आफ्नो चुनाव चिन्हमा आफ्नो उम्मेद्वारलाई मत समेत खसाल्न पाउने छैनन् । एमालेलाई अप्ठेरो पार्ने नाममा माओवादी कांग्रेसले आफ्नो उम्मेद्वार र चुनाव चिन्ह समेत गुमाएका छन् ।

नेकपा एमाले बागमती प्रदेश सभा सदस्य दिपक निरौला बिना पार्टीको उम्मेद्वारले एमाले उम्मेद्वारसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँछन् । राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेको सबै भोट गृहमन्त्री रामबहादुर थापा बादललाई जाने उनको भनाई छ ।

‘आफूलाई नेपाल कम्युनिष्ट पार्टी एमालेबाट निर्वाचित प्रतिनिधि हुँ भन्नेले बादललाई भोट दिनुपर्छ, पार्टीको खोल ओडेका केहीले नदिन पनि सक्छन, तैपनि उहाँ जित्नुपर्छ, जित्नुहुन्छ’– सांसद निरौलाले दाबी गरे ।

बादल नेकपा एमालेको आधिकारिक उम्मेद्वार रहेको बताँउदै सांसद निरौलाले कसैले पनि पार्टीलाई अन्तरघात गर्न नसक्ने बताए । आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेको स्पष्ट बहुमत रहेको उनको भनाई छ । ‘एमाले हौँ भनेर पार्टीलाई प्रयोग गरेको भए बेग्लै कुरा हो, नत्र भने एमालेको भोट बादललाई आउनुपर्छ’– उनले भने ।

एमालेविरुद्ध नै अर्को उम्मेद्वार खडा गरेर माधवकुमार नेपाल लगायतले पार्टी विभाजन गर्न खोजेको निरौलाको भनाइ छ । ’

आइएनए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);