काठमाडौं महानगरद्वारा त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं महानगरद्वारा त्रिवि शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो ।

महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष सनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्ध लडाईमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए ।

कोभिड महामारी तिब्र रुपमा विस्तार हुदै गएर विरामीको उपचारमा नै समस्या देखिन थालेपनि महानगरले विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको स्पष्ट पारे । उनले अहिले महानगर मानव जीवन बचाउने दायित्वको पुरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झीन पनि अनुरोध गरे ।

मेयर शाक्यले सबै विकास निर्माणको काम थाँती राखेर भएपनि महानगर जीवन रक्षाका लागि लागिरहने प्रतिवद्धता जनाएका हुन् । उनले अन्य अस्पतालमा पनि समस्या भए वा स्वास्थ्य सेवामा प्रभाव परेको जानकारी पाए त्यस्ता अस्पतालसंग पनि महानगर सहकार्य गर्न तयार रहेको बताए ।

विरामी भएर कोही पनि अस्पताल आउन नपरोस् भन्ने चाहाना महानगरको भएपनि अस्पतालहरुमा विरामीहरुको चाप बढेको उल्लेख गर्दै मेयर शाक्यले आफ्नो स्वास्थ्य र परिवार नभनिकन सिंगो देशलाई परिवार ठानेर विरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रसंम्सा गरे । उनले महामारीमा विरामीको उपचारका लागि विभिन्न भूमिकामा खटिने सबैलाई महानगरपालिाको तर्फबाट धन्यवाद पनि दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);