छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल सुरु

काठमाडौं । काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । काठमाडौँ महानगरको सहयोगमा बुधबार देखि सुरु भएको कोभिड उपचार अस्पतालको शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार ७ सय ३५ रुपैँया र मासिक सञ्चालन खर्चवापत् करिब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ उपलब्ध गराउने भएको छ ।

चिकित्सालयलाई विशेष कोभिड अस्पताल बनाउने बारेमा महानगर र चिकित्सालयबीच गत बैशाख ३१ गते सम्झौता भएको थियो । महानगरले सहयोग स्वरुप प्राप्त भएका २ वटा भेन्टिलेटर उपलब्ध गराएको छ भने ३ वटा भेन्टिलेटरको रकम भुक्तानी गर्ने छ ।

अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोभिड अस्पताल सञ्चालन भएको हो । उनले अस्पताले नि:शुल्क उपचार सेवा प्रदान गर्ने पनि उनले जानकारी दिए ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको शुभारम्भ गर्दै अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको बताए । उनले महामारीमा नागरिकको जीवन रक्षाका लागि आवश्यक पर्ने सबै खालका कामलाई महानगरले प्राथमिकतामा राखेको बताए ।

महानगरले विभिन्न १२ वटा अस्पतालहरुसँग स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक सहयोग गर्ने सम्झौता गरे अनुसार यो सहयोग उपलब्ध गराईएको हो । महानगरको सहयोगमा राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पताल लगायत विभिन्न अस्पतालमा भौतिक सुधारको क्षेत्रमा काम भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);