नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी, ६ हजार ७ सय १६ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी, ६ हजार ७ सय १६ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ६ हजार ७ सय १६ संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४५ संक्रमितले ज्यान गुमाएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा एक हजार ४ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा एक हजार १ सय ३९, ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जना संक्रमित थपिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);