संविधान कार्यान्वयन हुन नदिन पार्टी एकीकरण गरेका नेता आचार्यको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २० असोज ।  सत्तारुढ नेपाली काँग्रेसका नेता महेश आचार्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले संविधान कार्यान्वयन हुन नदिन चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेको आरोप लगाएका छन् ।

नेता आचार्यले संविधानको मूल मर्ममाथिनै प्रहार हुनेगरी एमालेसहितका ३ दलले चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेको आरोप लगाउँदै नेपाली जनतासँग मिलेर सो चुनौति सामना गर्न आफ्नो पार्टी सक्षम रहेको दावी समेत गरे ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी केन्द्रिय कार्य समितिको बैठक बस्नु अघि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको सुदृढिकरण र संविधान कार्यान्वयन गर्ने दायित्व पूरा गर्न आफनो पार्टी लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले सत्तारुढ माओवादी केन्द्र आफै कम्युनिष्ट गठबन्धन बनाउन लागि परेपछि आईपरेको चुनौति सामना गर्न आफनो पार्टी सफल हुने दावी समेत गरे ।

काँग्रेस नेता आचार्यले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार तय गर्न पनि पार्टीले ढिलाई नगर्ने बताए ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);