संविधान संशोधनका लागि दवाव दिन प्रचण्डको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संविधान संशोधनका लागि दवाव दिन प्रचण्डको आह्वान

काठमाडौं, १७ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहालले संविधान संशोधन गर्न दवाव दिन जनजाति समुदायलाई आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले उत्पीडित समुदायले आवाज उठाए मात्रै संविधान संशोधनको काम अघि बढाउन सहज हुने बताए । बिहीबार ‘नेपालमा संघीयताको कार्यान्वयन र जातीय पहिचानको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउन बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नु परेको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले मुलुकलाई अस्थिरताको अन्त्य गर्न एमालेसँग पार्टी एकता गर्न आफैले प्रस्ताव गरेको पनि स्मरण गरे । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संघीयताको मर्म अनुसार सरकार चल्न नसकेको आरोप लगाए ।

उनले केन्द्र प्रदेश सरकारमाथि अत्याचार भईरहेको दावी गर्दै त्यसबारे स्पष्टिकरण दिन पनि सरकारसँग माग गरे । नेता श्रेष्ठले आफ्नो पार्टी सबै जाति जनजातिलाई एकतावद्ध बनाएर मुलुकलाई अघि बढाउन प्रतिवद्ध रहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);