सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुको विकल्प छैनः प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुको विकल्प छैनः प्रचण्ड

काठमाडौं, १५ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सुशासन र विकासको बाटोमा अघि बढाउन सत्तापक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

अध्यक्ष दाहालले जनतालाई ‘गणतन्त्रको उज्यालो राम्रो हुँदो रहेछ’ भन्ने अनुभूति दिलाउन पनि सबै दलहरुले विकास, निर्माणको काममा एउटै संकल्प लिएर अघि बढनुपर्ने धारणा राखे ।

गणतन्त्र दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई बैचारिक, राजनीतिक बहसलाई जारी राखेर पनि मुलुकलाई अघि बढाउन मिलेर अघि बढ्न आह्वान गरे ।

दलहरु मिलेकै कारण संविधान जारी भएको, विनाशकारी भूकम्पको पीडालाई सम्बोधन गरिएको तथा निर्वाचन सम्पन्न गरिएको स्मरण गराउँदै मुलुकको विकासलाई अघि बढाउन पनि दलहरु मिलेर अघि बढनुपर्ने अध्यक्ष दाहालको भनाई छ।

उनले लोकतन्त्रमाथि खतरा आउँछ कि भनेर शंका नगर्न पनि सबैमा आग्रह गरे । अध्यक्ष दाहालले मुलुकलाई विकास, निर्माणको बाटोमा अघि बढाउने संकल्पका साथ दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता भएको पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङ, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न दलहरु मिलेर अघि बढनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);