भ्रष्टाचार अन्त्यका लागि सबै शक्तिहरु एकतावद्ध हुनुपर्छः ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

भ्रष्टाचार अन्त्यका लागि सबै शक्तिहरु एकतावद्ध हुनुपर्छः ओली

काठमाडौं, १६ माघ ||
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि सबै राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताउनुभएको छ । मुलुकलाई अघि बढाउनका लागि भ्रष्टाचारलाई शुन्यतामा पु¥याउनुपर्ने भएकाले त्यसका लागि सबै राजनीतिक शक्तिहरु एकतावद्ध र प्रतिवद्ध भएर लाग्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । मंगलवार काठमाडौंमा अयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले आफ्ना विगतका अभिव्यक्तिहरु पनि देश विकासका लागि एकतावद्ध प्रयास गर्नुपर्नेमा केन्द्रित रहेको बताउनु भयो । अध्यक्ष ओलीले राष्ट्रिय आत्मविश्वास जगाएर मुलुकलाई बनाउन सकिने पनि दोेहो¥याउनु भयो । ओलीले नीतिको नाममा आफूलाई अघि सारेर देशलाई पछि पार्ने काम गर्न नहुने पनि बताउनु भयो । अध्यक्ष ओलीले देशको विकासको कामलाई अघि बढाउन राष्ट्रिय सकल्पका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);