पार्टीलाई सुदृढ हुन नदिन देशीविदेशी षडयन्त्र : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पार्टीलाई सुदृढ हुन नदिन देशीविदेशी षडयन्त्र : प्रचण्ड

prachanda-1

काठमाडौं, १७ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सुदृढ हुन नदिन देशीविदेशी पूँजीवादीहरुले षडयन्त्र गरिरहेको दावी गरेका छन् ।

अध्यक्ष दाहालले पार्टीविरुद्ध भईरहेको षडयन्त्रलाई परास्त गर्न एकजुट हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । तुल्सीलाल स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक नयाँ संरचनामा गएकाले केही गल्ती हुने भन्दै त्यसलाई सच्याएर अघि बढ्न सरकारलाई सुझाव दिए । अध्यक्ष दाहालले आफ्नो पार्टीले बलियो सरकार बनाएर विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ सन्देश दिएको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);