महिला सुरक्षाको प्रत्याभुति गराउन सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

महिला सुरक्षाको प्रत्याभुति गराउन सरकारको ध्यानाकर्षण

काठमाडौं, १७ साउन । प्रतिनिधि सभाको बिशेष समयमा बोल्ने अधिकांस सांसदहरुले महिला अस्तित्वको संरक्षण गर्दै महिला सुरक्षाको प्रत्याभुति गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले देशमा हत्या, बलात्कार र असुरक्षाको अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको विहीबारको बैठकमा बिशेष समयमा बोल्दै अधिकांश सांसदहरुले सुरक्षाको प्रत्याभुतिका साथै महिला सुरक्षामा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराए । पछिल्लो समयमा मुलुकका विभिन्न जिल्लामा बालिका बलात्कार र हत्याका घटना सार्वजनिक भईरहेका बेला राजधानीमा महिला सांसदलाई ज्यानमार्ने धम्की आउनु निन्दनीय भएको सांसदहरुको भनाइ छ ।

सांसद डिला संग्रौला पन्तले सांसदलाई राजधानीमा नै ज्यान मार्ने धम्की आउनु दुखद भएको भन्दै सांसद निरुपालमाथि भएको घटनाको भत्र्सना गरिन् । उनले सांसद निरुपाल माथिको घटनाले आम सांसदहरु पनि असुरक्षाको घेरामा रहेको बताइन् ।

सांसद निरुदेवी पालले साउन १५ गते साँझ दुध किनेर फर्कदै गर्दा राजधानीमा आफुलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सबैलाई सुरक्षाको प्रत्याभुति गराउन सरकारसँग माग गरिन् । आफूमाथि भएको घटनाले मुलुककै सुरक्षा चुनौतीलाई उजागर गरेको पालको भनाइ रहेको छ ।

त्यसै गरी सांसद दुर्गा पौडेलले महिला हिंसाका घटना बढ्दै गएको भन्दै महिला हिंसाका घटनामा कमि नआएमा महिलाको बाच्ने अधिकार नै गुम्ने अवस्था श्रृजना हुने भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद शशि श्रेष्ठले प्रतिनिधिसभाका सदस्य देखि लिएर मुलुकभरका आम महिलाले दिउँसो पनि आफुलाई सुरक्षित महसुस गर्न नसकेको भन्दै महिला, बालिका देखि बृद्धा सम्म बलात्कारका घटनाले मुलुकभरका बालिका देखि वृद्धासम्मलाई असुरक्षित महसुस गराएको भन्दै बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्ड सम्मको सजायको व्यवस्था गर्नुपर्ने माग गरिन् ।

मुलुकभर भएका बलात्कारजन्य घटनाको गम्भीर अध्ययन अनुसन्धान गर्नुपर्ने र त्यस्ता कार्यमा संलग्नलाई कडा कार्बाही गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

१० घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

१० घन्टा अघि

Duel Bet: The Casino Showdown

१० घन्टा अघि