जनसरोकारको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जनसरोकारको विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

samsadh

काठमाडौं, १७ साउन । सांसद्हरुले जनसरोकारका विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

बिहिबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले स्थानीय तथा प्रदेश सरकारले लगाएको कर, महिला हिंसा तथा पूर्वाधार लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसदहरुले स्थानीय र प्रदेश सरकारले अत्याधिक कर बढाउँदा जनता मर्काका परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद महेन्द्रकुमारी लिम्बुले जनतालाई करको बोझ बढाउने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद महेश बस्नेतले निरुदेवी पालमाथि पेस्तोल देखाएर संसदीय सुनुवाई समितिको बैठकमा सहभागी भयो भने तिम्रो ज्यान वेपत्ता गर्दिन्छु भनिएको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मिना सुब्बाले कन्चनपुर र काभ्रेमा भएको बालिका बलात्कारमा संलग्नलाई नियन्त्रणमा लिई मृत्युदण्डसम्मको सँजाय दिनुपर्ने माग गरे ।

त्यस्तै सांसद यज्ञवहादुर बोगटीले अछाम जिल्ला अस्पतालमा दुई डाक्टरको दरबन्दी भएपनि डाक्टरहरु लामो समय देखि नभएको भन्दै तुरुन्तै डाक्टर पठाउन सरकारको ध्यानानाकर्षण गराए । सांसद रंगमति शाहीले हुम्ला जिल्लाको हिल्सामा भन्सार कार्यालय व्यवस्थित हुन नसकेको तथा प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सेतो कागजमा हस्ताक्षर गरेर कर असुल्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);