काठमाडौं, १७ साउन । सांसद निरुदेवी पालले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेकी छन् । बिहिबारको प्रतिनिधिसभा बैठकमा सांसद पालले साउन १५ गते साँझ दुध किनेर फर्कदै गर्दा आफुलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सबैलाई सुरक्षाको प्रत्याभुति गराउन सरकारसँग माग गरिन ।
आफूमाथि भएको घटनाले मुलुककै सुरक्षा चुनौतीलाई उजागर गरेको भन्दै उनले यसतर्फ सचेत हुन सरकारको ध्यानाकर्षण गराइन । आफूलाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ कि भन्ने कसैले सपना देखेको हो भने त्यो दिवा सपना मात्रै हुने उनलेको टिप्पणी छ ।




