सांसद बैठकमा रेनुका गुरुङले भनिन्- मेरो घरमा बम पड्काइयो, परिवारसहित मेरो सुरक्षा गरियोस्  | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सांसद बैठकमा रेनुका गुरुङले भनिन्- मेरो घरमा बम पड्काइयो, परिवारसहित मेरो सुरक्षा गरियोस् 

काठमाडौैं। जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्थ गर्न माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार राति आफ्नो घरको गेटभित्र बम पडाएर आतंकित बनाएको भन्दै आफू र आफ्नो परिवारको सुरक्षा गर्न सरकारसँग माग गरिन् ।

‘हिजो राति ८ः२५ बजे देशलाई माया गरेको मन नपराउने देशद्रोहीले मेरो घरको गेटभित्र बम पड्कायो,’ उनले भनिन्, ‘घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ । दुईजना लोग्ने मान्छे मोटर साइकलमा गएको देखेँ । तर, अँध्यारो भएकाले चिन्न सकिनँ ।’ घटना भएपछि आफूले महाराजगञ्ज प्रहरी र गृहमन्त्रीलाई फोन गरेको भन्दै उनले प्रहरी आइसकेपछि आँगनमा आएर हेर्दा रकेट बमको खोल भेटिएको बताइन् । आफू सांसद र पूर्वराज्य मन्त्री रहेको भन्दै उनले आफू र आफ्नो परिवारको सुरक्षार्थ राज्यमन्त्रीले पाउने अनिवार्य पीएसओ उपलब्ध गराउन माग गरिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);