सांसद शाहीको प्रष्टिकरणः बन्दक बनाइएको हैन, बेहोस भएर अस्पताल गएको हुँ | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

सांसद शाहीको प्रष्टिकरणः बन्दक बनाइएको हैन, बेहोस भएर अस्पताल गएको हुँ

पोखरा । गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदानको समयमा बेपत्ता भएका भनिएका सांसद खेमविक्रम शाहीले आफू बिरामी भएका कारण अस्पताल गएको जवाफ दिएका छन्।

कतिपयले उनलाई अपहरण शैलिमा अस्पताल पु-याएको भनेर आशंका गरेका बेला सांसद शाहीले यस्तो जवाफ दिएका हुन। उनले यसबारे स्पष्ट पार्नका लागि भन्दै बिहीबार एक विज्ञप्ति जारी मार्फत उनले आफू सदनमा जाने भनि तयारी गरिरहेका बेला अचानक बिरामी भएकाले अस्पताल गएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ । ‘सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएँछु,’ शाहीको भनाइ छ, ‘म अहिले उपचाररत छु।

हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु।’शाहीले आफूबारे विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालमा आएका खबरका आधारमा धारणा नबनाउन आग्रह गरेका छन् ।

उनले संसदीय दलको बैठकले गरेका निर्णयमा आफू पनि सहभागी भएको र ती निर्णयमा आफ्नो सहमति कायम रहेको स्पष्ट पारेका छन्।

शाहीले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो सहभागिता रहेका कारण उक्त निर्णयहरूप्रति जिम्मेवार रहेको उःल्लेख गरेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);