पुननिर्माणका लागि संकलित रकमबारे सरकारको जवाफ माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पुननिर्माणका लागि संकलित रकमबारे सरकारको जवाफ माग

minendra-rijal

काठमाडौं, १९ पुस । सांंसदहरुले भुकम्प पछिको पुननिर्माणका लागि भन्दै दुरसंचार सेवामा एक प्रतिशत थप शुल्क लगाई संकलित रकम बारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्ने नेपाली सांसदहरुले पुरातात्विक महत्वका संचरना पुननिर्माणका लागि भन्दै संकलित रकम बारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

सांसद मिनेन्द्र प्रसाद रिजालले भुकम्प पछिको पुननिर्माणका लागि दुरसंचार सेवामा थप एक प्रतिशत शुल्क संकलन गरि उठाएको रकम बारे सरकारको जवाफ माग गरे ।

त्यसैगरी सांसद सांसद राजेन्द्र केसीले ‘हाम्रो धरोहर हाम्रो दायित्व’ अभियान अन्तर्गत छुटै कोष निर्माण गरि दुरसंचार संस्थानबाट संकलित १ प्रतिशत रकम जम्मा गर्ने र पुर्ननिर्माणमा लगाउने भन्ने विषय बारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद रंगमती शाहीले कंचनपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषिलाई अझै नियन्त्रणमा लिन नसकेको भन्दै सोको जिम्मेवारी महिला सांसदलाई दिन सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद बिमला विकले रामबहादुर बमजमले महिला माथि दुव्र्यहार गरेको तथा उनको आश्रमबाट महिला हराएको भन्ने समाचारबारे गृहमन्त्रालयको ध्यानाकर्षण गराईन् ।

शुन्य समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);