पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन  | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन 

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्। बैठकको सुरुवातमै एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन्। सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन्। तत् पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन्।

Leave a Reply

ताजा समाचार