पेट्रोलियम पदार्थमा कर बढाएकोबारे जवाफ दिन सभामुखको रुलिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

पेट्रोलियम पदार्थमा कर बढाएकोबारे जवाफ दिन सभामुखको रुलिङ

sabhamukh sapkota-ruling

काठमाडौं, १९ फागुन । सभामुख अग्नि सापकोटाले पुर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा थप ५ रुपैया कर लगाउने मन्त्रीपरिषद् बैठकको निर्णय सम्बन्धमा सरकारको नाममा रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले कर लगाउने विषय संसदको अधिकार भएको तर सरकारले संसदलाई छलेर कर लगाउने काम गरेको भन्दै त्यसमा सरकारलाई रुलिङ होस् भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद गिरीको आग्रहपछि सभामुख सापकोटाले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

फागुन १२ गते बसेको मन्त्रीपरिषद् बैैठकले पूर्वाधार विकास करको दर परिमार्जन गर्दै पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैया थप कर बढाउने निर्णय गरेको थियो ।

समाजवादी पार्टी नेपालले जनतालाई कर लगाउने निर्णय संसदको अधिकारक्षेत्र भित्रको कुरा भएको तर सरकारले संसदलाई छलेर मन्त्रीपरिषद् बैठकबाट कर बढाउने काम गरेको भन्दै विरोध गर्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);