कोरोनाको जोखिमबारे संसदमा जानकारी गराउन सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोनाको जोखिमबारे संसदमा जानकारी गराउन सांसदको माग

dilendra badu

काठमाडौं, १९ फागुन । सांसदहरुले कोरोना भाइरस नियन्त्रण,सरकारले पेट्रोलियम पदार्थमा बढाएको पूर्वाधार बिकास कर लगायतका बिषयमा सरकारको जवाफ माग गरेका छन । प्रतिनिधि सभाको सोमवारको विशेष समयमा सांसदहरुले कोरोनाको जोखिमबारे संसदमा जानकारी गराउन सरकारसंग माग गरेका हुन ।

प्रतिनिधि सभाको सोमवारको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले कोरोना प्रभावित मुलुकबाट एक महिनाको अवधिमा नेपाल भित्रिएका १ लाख ७६ हजार २ सय ७२ जनालाई क्वारेन्टाइन नै नगरी नेपाल प्रवेश गराइएको प्रति आपत्ति जनाउनुभयो ।

बडुले विश्व स्वास्थ्य संगठनले समेत नेपाल लगायतका दक्षिण एसियाली देशहरु उच्च जोखिमा रहेको घोषणा गरेको सन्र्दभमा सबैलाई आश्वस्त पार्ने गरी सदनमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।

सत्तारुढ नेकपाका सांसद देवेन्द्र पौडेलले कोरोना भाइरसका कारण विश्व नै भयावह वातावरणमा रहेको अवस्थामा सरकारले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी राजपाका सांसद महेन्द्र राय यादवले पेट्रोलियम पदार्थमा पूर्वाधार विकास कर बढाउने सरकारको निर्णय संवैधानिक मूल्य र मान्यता विपरित भएको बताउनुभयो। उहाँले संसद छलेर कर बढाउने निर्णयले संसदको अपमान भएको उल्लेख गर्नुभयो ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव राख्नुभयो ।

विशेष समयमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);