विद्यार्थीको भविष्यलाई अन्यौलमा पार्ने काम नगरी परिक्षा सुचारु गर्न सांसद विमला राई पौड्यालले माग | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

विद्यार्थीको भविष्यलाई अन्यौलमा पार्ने काम नगरी परिक्षा सुचारु गर्न सांसद विमला राई पौड्यालले माग

काठमाडौं । राष्ट्रिय सभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक विषय र आफ्नो क्षेत्रमा देखिएका समस्याको सम्बन्धमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा बोल्दै सांसद विमला राई पौड्यालले कक्षा १२ को परिक्षा स्थगित हुँदा लाखौँ विद्यार्थीको भविष्य चौपट परेको भन्दै शिक्षा र स्वास्थ्यका विज्ञहरु बसेर कक्षा १२ को परिक्षालाई सुचारु गर्ने सम्बन्धमा गृहकार्य गरी परीक्षा सुचारु गराउन सरकारसँग माग गरिन् ।

सांसद पौड्यालले भनिन – ‘१२ कक्षाका विद्यार्थीहरुको परिक्षा स्थगन भएको सूचना गरेको छ नेपाल सरकारले । पोहोर साल नै हुनुपर्ने परिक्षा अहिले पनि स्थगत भएको छ र लाखौँ विद्यार्थीको भविष्य चौपट भइराखेको छ । एकदमै अन्यौलमा छ । कति विद्यार्थीहरु बाहिर पढ्न जाने विद्यार्थीहरुपनि थला परिराखेका छन् । हुनत कोरोनाको महाकारीले गर्दा शारिरिक उपस्थिति गराउन नसक्ने भन्नेखालको अवस्था त छ, तर स्वास्थ्यका विज्ञहरु र शिक्षाका विज्ञहरु एकै ठाउँमा बसेर यो १२ कक्षाको विद्यार्थीको परिक्षालाई कसरी सुचारु गर्न सकिन्छ, कसरी मूल्यांकन गर्न सकिन्छ । यो विषयमा सरकारले प्रष्ट होमवर्क गरेर विद्यार्थीहरुको भविष्यलाई अन्यौलमा पार्ने काम नगरीकन परिक्षा सूचारु गरोस् भनेर म सरकारसँग अनुरोध गर्न चाहान्छु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);