प्रधानमन्त्रीलाई कोमल वलीको प्रश्न - शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो ? | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

प्रधानमन्त्रीलाई कोमल वलीको प्रश्न – शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो ?

काठमाडौं । राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् ।

राष्ट्रिय सभा सदस्य कोमल वलीले अहिलेसम्म शिक्षा मन्त्री नियुक्ति नहुनुले ४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताईन । उनले शिक्षामन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न समेत गरिन् ।

सदस्य वलीले भनिन्, “भागबन्डा नमिलेर हो की शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा षेत्रमा परेको छ । ४ लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन् । उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ । त्यसकारण हेल्थ प्रिकर्सन प्रयोग गरेर हुन्छ कि, सबै विद्यार्थीहरुलाई खोप उपलब्ध गराएर हुन्छ, अल्टनेटिभ वेबाट भएपनि परीक्षा दिने व्यवस्था होस् माग गर्न चाहन्छु, ति विद्यार्थीको भविष्यलाई ध्यान दिइओस् ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);