४२ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा माओवादीका केसीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा माओवादीका केसीको दाबी

बिमल क्षेत्री,
रुपन्देही । लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचन सामु मुख्यमन्त्रीको दाबी पेश गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु¥याएर नयाँ सरकार गठनका लागि बिहीबार ३ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए । सोही अनुसार ४२ सांसदको हस्ताक्षर सहित बिहीबार दाबी पेश भएको नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले बताए ।

लुम्बिनी प्रदेशमा रहेका नेपाली कांग्रेस १९, माओवादी केन्द्र १८ , जनता समाजवादी पार्टी ३ , राष्ट्रिय जनमोर्चा १ र १ जना स्वतन्त्र सांसद गरी ४२ सदस्यको हस्ताक्षर बुझाईएको हो । मुख्यमन्त्रीमा दाबीका लागि ४१ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीमा प्रस्तावित केसी रोल्पा १ (क)बाट निर्वाचित हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले ३ बजे सम्मको समयसीमा रहेकोले ३ बजे पछि नयाँ प्रक्रिया अगाडि बढ्ने प्रतिक्रिया दिए ।

सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ । एमाले ३७ जना सांसद सहित अल्पमतमा परेको छ । प्रदेश प्रमुखले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै सपथ समेत गराउने तयारी छ । गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);