राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिँदै

rastriya sabha

काठमाडौं, २० फागुन । अर्थमन्त्री डाक्टर युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिँदैछ । आज राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित अर्थमन्त्रीसमेत रहनुभएका डाक्टर युवराज खतिवडाको कार्यकाल आजबाटै सकिँदैछ ।

राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । त्यसमा चिठ्ठा तान्दा ७ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए ।

१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् । उनीहरुको सपथ ग्रहण हुन बाँकी छ ।

अर्थमन्त्री खतिवडाको ठाउँमा भने कसैको नाम सिफारिस हुन सकेको छैन । नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गरेपनि मन्त्रीपरिषदले निर्णय गरेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);