राष्ट्रिय सभा सदस्यको कार्यकाल तोक्न केहीबेरमा गोलाप्रथा गरिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

राष्ट्रिय सभा सदस्यको कार्यकाल तोक्न केहीबेरमा गोलाप्रथा गरिंदै

rastriya sava

काठमाडौं, ४ असार । राष्ट्रिय सभा सदस्यको कार्यकाल तोक्नका लागि आज गोलाप्रथा गरिंदै छ ।

राष्ट्रिय सभामा ५९ सांसद रहेकामा १९ जनाको कार्यकाल २ वर्षको, २० जनाको कार्यकाल चार वर्षको र २० जनाको कार्यकाल ६ वर्षको हुने भएकाले गोलाप्रथा गर्न लागिएको हो । गोलाप्रथाका लागि विहान ११ बजेको समय तोकिएको छ । सांसदहरुलाई विभिन्न पाँच समूहमा विभाजन गरी गोलाप्रथा गरिने संघीय संसद सचिवालयले जनाएको छ । गोलाप्रथाका लागि सचिवालयले कार्यविधि बनाएको छ ।

कार्यविधि अनुसार पारदर्शी बट्टामा २ वर्ष, ४ वर्ष र ६ वर्ष लेखिएको चिठ्ठा राखिनेछ । सबैभन्दा पहिला सात वटै प्रदेशका महिला सांसदहरुले क्रमशः चिठ्ठा तान्ने छन । बट्टामा राखिएको चिठ्ठा सांसदहरुले वर्णानुक्रम अनुसार झिक्ने व्यवस्था मिलाइएको छ । गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डाक्टर युवराज खतिवडाको कार्यकाल पनि गोला प्रथामार्फत नै टुंगो लाग्ने छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाका संसदीय दलका नेता दिनानाथ शर्मा र नेपाली कांग्रेसका संसदीय दलका सुरेन्द्रराज पाण्डे प्रदेश नम्बर ४ बाट खुलातर्फ निर्वाचित भएका कारण कसको कार्यकाल कति हुन्छ भन्नेमा धेरैको कौतुहलता छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);