प्रधानमन्त्री ओली एक सयभन्दा बढी सदस्यको जम्बो टोलीसहित भोलि चीन जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

प्रधानमन्त्री ओली एक सयभन्दा बढी सदस्यको जम्बो टोलीसहित भोलि चीन जाँदै

pm kp-oli

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे आज संघीय संसद्लाई जानकारी गराउने भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकमा अपराह्न ४ बजे सम्बोधन गरी चीन भ्रमणका एजेण्डाबारे जानकारी गराउने भएका हुन । प्रतिनिधि सभाको आइतबारको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद्ले भ्रमणका एजेण्डाबारे जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री ओली जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गरी भोलि चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदै छन् । भ्रमण टोलीमा एक सयभन्दा बढी सदस्य रहने बताइएको छ । प्रधानमन्त्री ओलीको भ्रमणलाई स्वीकृत गर्न आज मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);