प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणका बारेमा संसदलाई जानकारी गराउने भएका छन् ।

pm kp oli

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणका बारेमा संसदलाई जानकारी गराउने भएका छन् ।

आज दिउँसो प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भारत भ्रमणका बारेमा सदनलाई जानकारी दिन लागेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वैदेशिक भ्रमण गर्नुअघि प्रधानमन्त्रीले संसदलाई जानकारी गराउने परम्परा अनुसार ओलीले आज सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डा र भारतसँग हुने सम्भावित सम्झौताका बारेमा जानकारी दिने छन् ।

प्रधानमन्त्री ओली चैत २३ गते भारतको औपचारिक भ्रमणमा जादैछन् । भ्रमणको क्रममा पुराना सम्झौताको कार्यान्वयनलाई जोड दिने नेपालको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);