जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव रहनेछ। हाल देशभर साधारणतया बादल लागिरहेको र कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो र रातिको समयमा पनि अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो र नदीहरूमा पानीको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ। साथै मधेस प्रदेश लगायत अन्य तराईका भूभागमा तीव्र गतिको हावाहुरी चल्न सक्ने आकलन गरिएकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आजको मौसम
ताजा समाचार
आज ‘कुशे औँसी’ र मोती जन्मजयन्ती
१६ सेकेंड अघि
आजको मौसम
३१ मिनेट अघि
आज ‘कुशे औँसी’ र मोती जन्मजयन्ती
४० मिनेट अघि





