पश्चिमी वायुको प्रभावले देशैभर वर्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पश्चिमी वायुको प्रभावले देशैभर वर्षा

काठमाडौं,२० फागुन । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू तथा सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर नै साधरणतया मौसम बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । आज राति भने देशभर आंशिकदेखि साधरणतया मौसम बदली रहने छ । कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार र मंगलबार पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको हुने महाशाखाले जनाएको छ । उक्त दिन पनि उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना कायमै रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);