भारत भ्रमणका क्रममा देशको शिर निहुँराउने कुनै काम हुँदैन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारत भ्रमणका क्रममा देशको शिर निहुँराउने कुनै काम हुँदैन : प्रम ओली

kp oli

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा देशको शिर निहुँराउने कुनै काम नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । आफ्नो भारत भ्रमणबारे मंगलबार प्रतिनिधिसभाको बैठकलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा मुलुकलाई अप्ठयारो हुने, शिर निहुँराउने कुनै काम नहुने स्पष्ट पारेका छन् । भ्रमणबाट भारतसंगको सम्बन्ध अझै सुदृढ, अझै प्रगाढ बन्दै जाने उनले विश्वास व्यक्त गरे ।

छिमेकी राष्ट्रसंग शंकारहित, अविश्वास रहित र भरपर्दो मित्रताको विकास गर्दै लैजाने नीति सरकारले लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको अधिकतम हितमा भ्रमण केन्द्रित गरि उपलब्धिपूर्ण बनाउने आश्वासन दिए ।

अघिल्लो कार्यकालमा पनि आफ्नो भारत भ्रमणका क्रममा दुरगामी महत्वका केही सम्झौता भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भएका सम्झौता कार्यान्वय र सम्बन्ध प्रगाढमा विशेष ध्यान दिने स्ष्ट पारे ।

कृषि क्षेत्रमा पारस्परिक सहयोग आदान-प्रदान, आधुनिकीकरण र व्यवसायीकरणका विषयलाई सरकारले प्राथमिकतामा राखेको भन्दै उनले भारतसंग जलमार्ग र रेल मार्गको कुरा गर्ने बताए ।

अन्तर्राष्ट्रिय उत्तरदायित्व र कर्तव्यका विषयमा आधारित भएर अन्तर्राष्ट्रिय सम्बन्धलाई हेरिनुपर्ने उल्लेख गर्दै उनले सरकारले विकासका साझेदारको रुपमा पनि छिमेकी राष्ट्रसंग सुमधुर भरपर्दो र मैत्रीपुर्ण सम्बन्ध विस्तार गर्ने बताए ।

भ्रमणका क्रममा कनेक्टीभिटीलाई अझ प्रभावकारी बनाउने विषय, भुकम्प पछिको पुन:निर्माणको सम्बन्धमा भारतको तर्फबाट भएका प्रतिवद्धता कार्यान्वयन, पुननिर्माणको जिम्मा लिएका कामलाई तिब्रता दिलाउने, विभिन्न परियोजनाहरुमा भारतबाट सहुलियत पुर्ण ऋण लिन सक्ने र उपयोग गर्ने सन्दर्भमा पनि छलफल हुने प्रधानमन्त्रीले स्पष्ट पारे ।

पाँच सय र एक हजार रुपैयाँका नोटको बारेमा पनि कुरा हुने

पारवहनका सम्बन्धलाई थप सहज बनाउने, दार्चुला नाका संचालन तथा महाकाली नदीमा पुल निर्माण लगायत पुर्वाधार निर्माणलाई तिब्रता दिने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको भन्दै उनले भारतले बन्द गरेको पाँच सय र एक हजार रुपैयाँका नोटको बारेमा पनि कुरा उठाउने बताए ।

त्यसैगरी सार्क र विमस्टेकको अध्यक्ष राष्ट्रका दृष्टिले विमस्टेकको सम्मेलन र सार्क शिखर सम्मेलन आयोजना गर्ने सन्दर्भमा पनि भ्रमणका क्रममा छलफल हुने भएको छ । प्रधानमन्त्रीले सिमा अपराध नियन्त्रण लगायत विषयमा भारतका जाहेज चाँसो र चिन्तालाई नेपाल सरकारले पनि ध्यान दिने पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा भारतीय राष्ट्रपति, उपराष्ट्रपति, केही बरिष्ठ मन्त्री र उच्च अधिकारीसंग छलफल र भेटघाट गर्नुको साथै भारतका व्यापारिक समुदाय, उद्योगपति वुद्धिजिवी लगायतहरुसंग छुट्टाछुट्टै छलफल र अन्तरक्रिया गर्ने कार्यतालिका तय भएको छ ।

कृषि क्रान्ति ल्याउने क्रममा असाधारण योगदान दिएको उत्तराखण्डको कृषि तथा प्रविधि विश्वविद्यालयको पनि प्रधानमन्त्रीले अवलोकन भ्रमण गर्ने तथा दिल्लीस्थित नेपाली समुदायसंग भेट्ने कार्यक्रम पनि तय भएको छ ।

विदेश भ्रमण गर्नु अघि संसदलाई जानकारी गराउने चलन अनुसार प्रधानमन्त्री ओलीले त्यसबारे प्रतिनिधीसभा बैठकलाई अाज जानकारी गराएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);