तातोपानी नाका तत्काल सञ्चालन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

तातोपानी नाका तत्काल सञ्चालन गर्न माग

tatopani-border

काठमाडौं, २० चैत । नेकपा माओवादी केन्द्रका सांसद अग्नि सापकोटाले चीनसंगको सिमा जोडिएको तातोपानी नाका तत्काल सञ्चालन गर्ने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।

तीन बर्ष देखि बन्द हुँदा पनि सरकारले नाका सञ्चालनका लागि राजनीतिक र कुटनीतिक पहल नगर्नु लज्जास्पद भएको भन्दै उनले तत्काल नाका सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

तातोपानी नाका खुलाउन नसक्दा राजश्व प्रभावित हुनुको साथै सर्वसाधरण प्रभावित भएको भन्दै गम्भीर बन्न उनले आग्रह गरे । त्यसैगरी अरनिको राजमार्ग विस्तारका लागि आएको चिनियाँ सहयोग १४ अरब ९४ करोड रुपैयाँ र ड्राईपोट निर्माणका लागि चिनीयाँ पक्षले नै छुटाएको ३ अरब रुपैयाँका बारेमा सदनलाई जानकारी गराउन माग गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);