तातोपानी नाका खुलाउने तयारी गर्न सापकोटाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

तातोपानी नाका खुलाउने तयारी गर्न सापकोटाको माग

काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाका सांसदले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद अग्नीप्रसाद सापकोटाले तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्न सरकारसँग माग गरेका हुन् ।

सांसद कुमारी तुलसी थापाले बर्दियाका चेपाङ जातीहरु शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित हुनु परेको भन्दै उनीहरुलाई तत्काल लालपूर्जाको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

त्यस्तै सांसद इन्दुकुमारी शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा २४ लाख ५० हजार रुख कटानी गर्न लागिएको भन्दै त्यसलाई नरोके प्राकृतिक विनाश निम्त्याउने चेतावनी दिइन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);