तातोपानी नाका खुल्ने सुनिश्चित भईसक्यो : अग्नी सापकोटा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

तातोपानी नाका खुल्ने सुनिश्चित भईसक्यो : अग्नी सापकोटा

agni sapkota

काठमाडौं, ८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भईसकेको दावी गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भईसकेको बताएका हुन् ।

नेता सापकोटाले भूकम्पपछि बन्द रहेको सो नाका खुलाउन आफूले सांसदको रुपमा ठूलो प्रयास गरेको पनि बताए । राष्ट्रका लागि करोडौंको राजस्व संकलन हुने र सिन्धुपाल्चोक जिल्लाको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सो नाका खुलाउन चीन सरकारसँग पहल गर्नु परेको उनको भनाई छ ।

नेता सापकोटाले नेपालले सुरक्षा चुनौति हुन नदिने प्रतिवद्धता जनाएपछि चीन सरकार सो नाका खुलाउन तयार भएको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);