नेपाल-भारत सम्बन्ध : 'हैसियत बराबर' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेपाल-भारत सम्बन्ध : ‘हैसियत बराबर’

pm-kp oli

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत सम्बन्ध समानता र बराबरीको हैसियतमा नयाँ उचाइमा पुर्‍याइएको दाबी गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने भ्रमणबारे आइतबार संसद्लाई जानकारी दिँदै ३ वर्षअघि उत्पन्न तिक्तता अन्त्य भई दुई देशबीच पारस्परिक लाभ र सम्मानका साथ अघि बढ्ने वातावरण बनेको दाबी गरे ।

‘नेपाल-भारत सम्बन्ध नयाँ दिशा, नयाँ उचाइ र नयाँ स्तरमा पुर्‍याइएको छ, प्रधानमन्त्री ओलीले संसद्मा भने, ‘दुई देशको समानता र बराबरीको हैसियतमा, सार्वभौमसत्ता र स्वाधिन राष्ट्रको हैसियतमा । अहस्तक्षेप, पारस्परिक लाभ र समानताका साथ अघि बढ्ने परिस्थिति र वातावरण निर्माण भएको छ ।’ ३ वर्षअघि आफू प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी लगाएको र नाकाबन्दी नहटेसम्म भारत भ्रमण नगर्ने अडान आफूले राखेको स्मरण गर्दै उनले भने, ‘त्यसबेला पनि मैले बराबरी हैसियतमा दुई सार्वभौमसत्ता राष्ट्रको हैसियतमा व्यवहार हुनुपर्ने अडान राखेको थिएँ । भारतीय प्रधानमन्त्रीको यसपटकको भ्रमणमा नेपालको अखण्डता, सार्वभौमसत्ता, हाम्रा प्राथमिकताअनुसार सहयोग गर्ने खुलस्त राखेर समुचित र बराबरीका आधारमा अघि बढ्ने बताउनुभएको छ । दुई देशबीचको सम्बन्धको प्रस्थान विन्दुको जग पनि यही हो ।’

३ वर्षअघि भारतले नाकाबन्दी लगाउँदा दुई देशबीचको सम्बन्ध तनावग्रस्त भए पनि अब नाकाबन्दी नहुने स्थिति निर्माण भएको ओलीले बताए । ‘हाम्रो दुश्मनी कसैसँग छैन’, उनले भने, ‘मित्रता सबैसँग चाहन्छौं तर पारस्परिक साथ र सहयोग चाहन्छौं ।’ मोदीको भ्रमण क्रममा राष्ट्रहितविपरीत कुनै पनि काम नभएको दाबी गर्दै उनले भने, ‘प्रधानमन्त्रीको हैसियतले देशको शिर निहुरिने, नोक्सान पर्ने कुनै काम भएको छैन । यसै देशको अन्नपानी खाएको हुँ, अरुको हितमा काम गरेको छैन । मोदीको भ्रमण उपलब्धिपूर्ण तथा दुई देशको लाभ र स्वाभिमानको पक्षमा भएको छ ।’

मोदीको भ्रमण क्रममा कतिपय तत्वबाट अखण्डतामाथि चुनौती दिने अभिव्यक्ति आएका भन्दै ओलीले आपत्ति जनाए । भारतीय जनता पार्टीकै सांसदको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले भने, ‘केहीले अत्यन्त अनुचित धृष्टता गरे, त्यसको जवाफ मोदीले नै आफ्नो अभिव्यक्तिमा औपचारिक र आधिकारिक होइन भन्ने स्पष्ट गरिसकेका छन् ।’ केही काम गर्दा जहिले पनि गैरजिम्मेवार तत्व देखा पर्ने गरेको उनको भनाइ थियो । मोदीको स्वागत गर्नै नहुने, सम्बन्ध सुधार्न नहुने पक्षमा समेत केही देखिएको उल्लेख गर्दै उनले आक्रोश पोखे, ‘विगतमा त्रुटि थिए, त्यही तनावपूर्ण सम्बन्ध राखिराख्नुपर्ने ? जे भए पनि विरोध गर्ने र जे भए पनि समर्थन गनु वाञ्छनीय होइन ।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);