प्रधानमन्त्री ओली आज चितवन जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्री ओली आज चितवन जाँदै


काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी ओलीले भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्न कार्यक्रम छ । त्यसपछि उहाँले सम्बोधन समेत गर्नुहुने बताइएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणका लागि भरतपुरको सुरक्षाव्यवस्था कडा पारिएको छ । मुख्य सडकहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भरतपुरको चौबिसकोठी, हाकिम चोक, केन्द्रीय बस टर्मिनल, बाइपास रोड, लगायतका स्थानमा जनपथ र सशस्त्र प्रहरीे ठुलो संख्या खटाइएको छ ।

यसैबीच ओलीको विरोधमा दाहाल–नेपाल समुहले भरतपुरका मुख्य सडकमा पर्चा र टायर बालेका छन् । महानगरपालिकाको पहलमा सुरु भएको सिटीहललगायत प्रधानमन्त्री ओलीले शिलान्यास गर्न खोजिएको भन्दै महानगर र नेकपा चितवनले विरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);