कहिल्यै घुँडा नटेक्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कहिल्यै घुँडा नटेक्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं, १७ माघ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालको स्वाभिमान माथि उठाउने विषयमा आफूले कहिल्यै घुँडा नटेक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

चितवनमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि पनि कठिन परिस्थितिमा घुँडा नटेकेको प्रसंग उल्लेख गर्दै नेपालको स्वाभिमान बचाउन आफू लागि पर्ने बताउनुभयो । यसअघि आफूलाई नेल र हत्कडी लगाउँदा समेत घुँडा नटेकेको र अहिले त्यस्तो अवस्था नभएको समेत उहाँले बताउनुभयो ।

अबको केही वर्षभित्र जनताले अनुभूत गर्ने गरी विकास गर्न सरकार लागिपरेको बताउँदै उहाँले आफू प्रधानमन्त्री भएपछि राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण, शिक्षा स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासको पक्षमा काम गरेको समेत बताउनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजिक सिटीहलको शिलान्यास गरिएको हो ।

शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);