धनगढीमा प्रधानमन्त्रीको उद्घोष : “नेपाली भूमि फिर्ता ल्याईन्छ” | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धनगढीमा प्रधानमन्त्रीको उद्घोष : “नेपाली भूमि फिर्ता ल्याईन्छ”

धनगढी, २४ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि सुरक्षित राखेर भारतसँगको सम्बन्ध सुधार गर्ने बताउनु भएको छ । शुक्रबार धनगढीमा नेकपा प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कब्जा गरिरहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र फिर्ता ल्याउने प्रतिबद्धता पुनः जाहेर गर्नुभएको छ । सुगौली सन्धीपछि ती भूमि नेपालले प्रयोग गरेपनि पछिल्लो ५८ वर्षदेखि प्रयोग गर्न नपाएको तथ्य उहाँले स्मरण गर्नुभयो । ती भूमि नेपालको भनेर संविधानमा उल्लेख गरिसकेको समेत उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीमा पुष्पकमल दाहाललाई काम लाग्ने सोचेर ल्याएको तर सो अनुसार नभएको बताउनुभयो । दाहालमा पुरानै विचार र प्रवृति भएकाले लामो समयसम्म पार्टीमा टिक्न नसकेको उहाँको भनाई छ । लाटोकोसेराले उज्यालोमा केही देख्न नसके जस्तै आफूले गरेको विकास निर्माणको उज्यालो प्रचण्डले पनि देख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

पछिल्लो समय नेकपाको दाहाल–नेपाल पक्षले आयोजना गरेको प्रदर्शनमा गाली गलौज गरिएको तर्फ लक्षित गर्दै आफूलाई त्यस्तो काम गर्ने फुर्सद नै नभएकोे प्रधानमन्त्री ओलीले बताउनुभएको छ । यस्तै उहाँले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुने भन्दै सो निर्वाचनमा नेपाली राजनीतिका खराब तत्वहरुलाई ठेगान लगाउन कर्णालीवासीलाई अनुरोध समेत गर्नुभएको छ । कर्णालीका जनताले खराब तत्वलाई ठेगान नलगाए केन्द्रमा आएर हैरान पार्ने भन्दै उहाँले ती खराब तत्वलाई भोट नहाल्नका लागि कर्णालीवासीसँग आग्रह गर्नुभयो ।

यस्तैगरी प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नु गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले अब वैशाख १७ र २७ गते चुनाव भएपछि मात्र प्रतिनिधिसभा बन्ने दाबी गर्नुभएको छ । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलोपटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुनुभएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);