डा. ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डा. ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने

pm oli kidney transplant

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन महाराजगञ्जस्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ । प्रधानमन्त्री ओली हिजो साँझ अस्पताल भर्ना हुनु भएको हो ।

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डाक्टर प्रेम ज्ञवाली, डाक्टर उत्तम शर्मा, डाक्टर दिव्यासिंह शाह, डाक्टर पवन चालिसे, डाक्टर सुमन चापागाईं, डाक्टर सुवास आचार्यलगायत रहेका छन । डाक्टर ज्ञवालीको नेतृत्वमा प्रत्यारोपण शल्यक्रिया हुन लागेको हो ।

ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने पूर्वनिर्धारित तालिकाअनुसार हाल अस्पतालले विभिन्न चिकित्सकीय प्रक्रिया अगाडि बढाइरहेको जनाइएको छ  । मिगौला प्रत्यारोपणका लागी अस्पताल भर्ना हुनु अघि सोमवार प्रधानमन्त्री ओलीले भिडियो संदेश जारी गर्दै आफू चाँडै स्वस्थ भई नियमित काममा फर्कने उल्लेख गर्नुभएको छ ।

भिडिओ सन्देशमा प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट थप उर्जा र आत्मविश्वास सहित आउने भन्र्दै आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन अपिलसमेत गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीको यो दास्रोपटक मृगौला प्रत्यारोपण हुन लागेको हो । यसअघि २०६३ सालमा उहाँको पहिलोपटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);