प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अप्रेशन गरिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अप्रेशन गरिँदै

kp oli birami

काठमाडौं, १० मंसिर । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्नु भएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस’ भएको छ ।

त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना हुनु भएका प्रधानमन्त्री ओलीको अप्रेसनको तयारी भइरहेको हो । स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्रीको अप्रेशन गर्न चिकित्सकहरुले सुझाव दिनु भएको हो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता चारपटक डायलासिस गरिसकेको छ । उहाँको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);