प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न, केही दिन अस्पतालमा बस्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न, केही दिन अस्पतालमा बस्नुपर्ने

kp oli birami

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री ओलीको केहीबेर अघि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो ।

प्रधानमन्त्री ओली स्वास्थ्य समस्या देखिएपछि मंगलबार बिहान उक्त सेन्टरमा जानुभएको थियो । ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको शल्यक्रिया सफल भएको पनि थापाले बताउनुभयो । प्रधानमन्त्रीको उपचारमा प्राध्यापक डाक्टर अरुण सायमी, प्राध्यापक डाक्टर रमेशसिंह भण्डारी, डाक्टर दिव्या सिंहलगायत लगायत संलग्न छन् । शल्यक्रिया पछि प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ ।प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुनुहुन्छ । उहाँको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ राजधानीको धासासी स्थित ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);