दाङको चुनावी माहोल : मतदाताहरु निराश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

दाङको चुनावी माहोल : मतदाताहरु निराश

dang nirwachan

बिकास डाँगी

दाङ, १० मंसिर । चुनावी माहोलले दाङका विभिन्न स्थानमा रौनक बढीरहेको भएपनि मतदाताहरु भने निराश छन् । उम्मेद्वारहरुले आफ्नो पक्षमा मत बटुल्न झुठो आश्वासन मात्र बाँड्ने तर चुनावमा जितेर गएपछि सबै आश्वासन बिर्सिने प्रवृत्तिका कारण चुनावी रौनकसंग कुनै सरोकार नरहेको स्थानीय मतदाताहरुको भनाई छ ।

दाङमा यति बेला चुनावी माहोल निकै तातेको छ । राजनीतिक दलका उम्मेदवारहरुले दिनहुँ गाउँ गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै कसरत गरिरहेका छन् । यहि मंसिर १४ गते हुने उपनिर्वाचनको प्रचारप्रसारका लागि विभिन्न पार्टीका केन्द्रिय नेताहरु समेत दाङ पुगेका छन् ।

तर, यहाँका मतदाताहरुलाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झै भएको छ । विभिन्न निर्वाचनहरुमा उम्मेद्वारहरुले गाउँको विकासको वाचा गरेपनि आफ्नै मात्र विकासतिर लाग्ने स्थानीयहरुको आरोप छ । झुठा आश्वासन दिएर मत माग्न आउने तर जितपछि गाउँ बिर्सिने गरेको मतदाताहरुको गुनासो छ ।

मतदाताहरु राजनीतिक पार्टीहरुको प्रवृत्तिबाट निराश भएका भएपनि उम्मेद्वारहरुले भने जनताहरु समक्ष आफ्नो एजेन्डा प्रस्तुत गरी भोट माग्न तल्लीन छन् । चुनावी रौनकका बीच क्रान्तिकारी माओवादीले भने उप निर्वाचन बहिस्कार गर्ने भन्दै आमसभा गरिरहेको छ ।

दाङको क्षेत्र नं ३ (ख)मा प्रदेश सभा सदस्यको लागि र घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको हो । निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेपाली कांग्रेस, नेकपा, समाजवादी पार्टी, राप्रपा संयुक्त लगाएतका १४ जना उम्मेद्वार चुनावी मैदानमा छन् ।