कृषि बीउ बिजनको दर्ता नगर्ने सरकारको स्पष्टता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कृषि बीउ बिजनको दर्ता नगर्ने सरकारको स्पष्टता

krishi meeting

काठमाडौं, १० मंसिर । सरकारले स्थानीय तहमा कृषि  को दर्ता गर्ने कामलाई अनुमति दिन नसकिने स्पष्ट पारेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीले बीउको विषयलाई लिएर विवाद हुने भएकाले स्थानीय तहलाई बीउबीजन दर्ताका लागि अनुमति दिन नसक्ने स्पष्ट गर्नु भएको हो ।

मंगलबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले नेपालीले मन पराएको बीउलाई संरक्षण गर्न सरकारले कृषक समूहको नाममा दर्ता हुने गरी नयाँ कानुन निर्माण गर्न लागेको पनि जानकारी दिनु भयो ।

बैठकमा समितिका सदस्यहरुले स्थानीय तहमै बीउ बिजन संरक्षण हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);