यस्तो छ काठमाडौं महानगरपालिकाको चुनावी दौडधुप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

यस्तो छ काठमाडौं महानगरपालिकाको चुनावी दौडधुप

शमा हरेक राजनीतिक परिवर्तनको नेतृत्व काठमाडौं सहरबाटै हुने गरेको छ । राजधानी सहर भएकाले पनि स्थानीय निर्वाचन नजिकिँदै जाँदा सबैको ध्यान यहाँको मेयर, उपमेयर र विभिन्न वडाका प्रतिनिधिहरु कस्ले जित्ला भन्ने मुख्य चासो हुने गरेको छ ।

यस्तो छ काठमाडौं महानगरपालिकाको चुनावी दौडधुप

काठमाडौं । देशमा हरेक राजनीतिक परिवर्तनको नेतृत्व काठमाडौं सहरबाटै हुने गरेको छ । राजधानी सहर भएकाले पनि स्थानीय निर्वाचन नजिकिँदै जाँदा सबैको ध्यान यहाँको मेयर, उपमेयर र विभिन्न वडाका प्रतिनिधिहरु कस्ले जित्ला भन्ने मुख्य चासो हुने गरेको छ ।

३२ वटा वडा रहेको काठमाडौं महानगरमा कांग्रेस र एमालेको बीचमै मुख्य प्रतिश्पर्धा हुने आंकलन गरिएको छ । नेकपा माओवादी केन्द्रले पनि महानगरलाई आफ्नो प्रतिष्ठा बनाएको छ । ६ सय ८६ मतदान केन्द्र रहेको काठमाडौंमा एक महानगरपालिका सहित दश नगरपालिका रहेका छन् ।

काठमाडौंमा ५ लाख ५९ हजार ४ सय मतदाता रहेका छन् । देशकै सबैभन्दा पुरानो महानगरपालिका काठमाडौंमा यतीबेला चुनावी चहल पहल ह्वात्तै बढेको छ ।

काठमाडौंमा जिल्लाका महानगर, तथा नगरपालिकाहरुको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी निर्वाचन हुने जम्मा ७ सय १२ पदमा प्रमुख दलका अलवा साना दलहरुले पनि उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरपालिकामा १६२ जना प्रतिनिधि चयन हुने छन् ।

यसका लागि ८८७ जना चुनावी मैदानमा छन् र उनीहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । काठमाडौं उपत्यकालाई सबै श्रोत–साधनले सम्पन्न मानिन्छ । अनि देशको प्रमुख प्रशासनिक निकायहरु यहीँ भएकाले पनि सबैको रोजाईमा काठमाडौं महानगर पर्ने गर्दछ ।

अझ काठमाडौं महानगर प्रमुखलाई राजधानकिो समानान्तर सरकारका रुपमा व्याख्या गर्नेहरु पनि छन् ।

राजनीतिक र आर्थिक रुपमा पनि काठमाडौं महानगर बलियो मानिएकाले पनि काठमाडौं महानगरको जनप्रतिनिधि बन्न चाहनेहरु परिणाम आफ्नो पोल्टामा पार्न लागिपरेका छन् ।

राजनीतिक दलका उम्मेदवारहरुले मतदाताको घर–घरमापुगेर मत मागिरहेका छन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेस काठमाडौंका उम्मेदवारहरुले निर्वाचनमा आफूहरुको जित सुनिश्चित भएको दावी कांग्रेसका तर्फबाट १६ नम्वर वडाका अध्यक्ष मुकुन्द रिजाल ।

व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपालीकांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले बीच मेयर–उपमेयरदेखि वडा अध्यक्ष सम्मको पदमा कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

नेकपा एमालेका उम्मेदवारहरुले चुनावीप्रचार अभियान तिव्र पारिएको र जनताको मत एमालेको पोल्टामा पर्ने दावी गरेका छन् । राष्ट्रियता र जनजीविकामा एमालेले लिउको अडान नै आफ्नो जितको आधार भएको एमालेका १६ नम्वर वडाका अध्यक्षका उम्मेदवार विश्वराम सापकोटा बताउँछन् ।

प्रमुख राजनीतिक दलहरुको चुनावी तालमेलले गर्दा पनि चुनावी रौनकता बढेको छ । काठमाडौं महानगरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ भने कांग्रेस र माओवादीका बीच अन्तिममा तालमेल हुन सकेन ।

टोल टोलमा उम्मेदवारहरु मत माग्न पुग्दा यतीबेला स्थानीय चुनावको माहोल थप रोमाञ्चक बनेको छ । देशको राजधानी भएकाले महानगरलाई स्वच्छ, हराभरा बनाउनुपर्ने चुनौती भावि जनप्रतिनिधिहरुको काँधमा छ ।

काठमाडौं महानगरपालिकालाई व्यवस्थित, पर्यावरणीय हिसावले स्वच्छ र विकासको हिसाबले आधुनिक बनाउने जिम्मेवारी पनि भावि जनप्रतिनिधिहरुकै हो ।

महानगरको नेतृत्व गर्न आउनेहरुका अगाडी यती धेरै चुनौतिका पहाडहरु खडा भएर बसेका छन्, तीनलाई व्यवस्थित गर्न सक्ने योग्य र सक्षम व्यक्ति छान्ने जिम्मेवारी चाँही मतदाताहरुकै हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);